काठमाडौं । नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी हुने यू-२३ टोली मैत्रीपूर्ण खेलको लागि कतार प्रस्थान गरेको छ । नेपालले २५ अक्टोबरमा म्यानमारको यू-२३ टिमसँग मैत्रीपुर्ण खेल खेल्दैछ । खेल कतारस्थित दोहा स्टेडियममा हुनेछ ।

नेपाली टोली १३औं सागको तथा म्यानमार साउथ इस्ट एसियन गेम्स (एसइए) को तयारीमा रहेको छ । २४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल र अखिल नेपाल फुटब संघ (एन्फा) का कार्यवाहक अध्यक्ष पंकज नेम्वाङ र कार्यवाहक महासचिव मोहनकुमार बस्नेतलगायतले बिदाई गरे ।

मुख्य प्रशिक्षक बालगोपल महर्जनले सागमा ३ सिनियर खेलाडी राख्न पाउने प्रवाधान अनुरुप सिनियर खेलाडीको रुपमा विक्रम लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठलाई टोलीमा समेट्दै सोमबार मात्रै २४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

विदेशी लिग खेल्ने राष्ट्रिय टोलीका स्टार खेलाडीत्रय किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तीमगरलाई विश्राम दिंदै म्यानमारविरुद्ध विश्राम दिइएको छ । यू-२३ नेपाली टोलीको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । उनलाई बिदाई कार्यक्रममा नेपालको झन्डा हस्तान्तरण गरिएको छ ।

नेपाली यु-२३ टोली :

अनन्त तामाङ, अन्जन विष्ट, बिक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ, अर्पन कार्की, दीप कार्की, देव लिम्बु, बिकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल ।