झापा । सामसङले नयाँ डिजाइनको साथ ग्यालेक्सी ए ३० एस ल्याएको छ। यसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषता विद्यमान गरी नयाँ पुस्ताको आवश्यकतालाई समेट्दै उनीहरूको लागि तयार गरिएको कम्पनीले जनाएको छ। ‘प्रविधिमा अग्रणी भएका नाताले हामी उपभोक्ताहरू माझ सार्थक इनोभेसन प्रदान गर्नको लागि सदैव समर्पित छौं।

‘ग्यालेक्सी ए ३० एस ले युवा मिलेनियल्सहरूको लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यो फोनको डिजाइन गरिएको छ’, सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भन्नुभयो। ग्यालेक्सी ए ३० एसमा ट्रिपल रियर क्यामेरा-२५ मेगापिक्सलको मुख्य क्यामेरा तथा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामेरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थ क्यामेरा रहेका छन्।

यसमा ४००० एमएएचको ब्याट्री तथा १५ वाटको फास्ट चार्जिङ प्रविधि रहेको छ। यस स्मार्टफोन अन द गो रहन चाहने ग्राहकका लागि तयार गरिएको हो। यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ, जसले गेमिङ, भिडियो हेर्न, मल्टि–टास्किङ एवं ब्राउजिङको लागि रोचक अनुभव प्रदान गर्दछ।

त्यस्तै एआई पावर्ड गेम वुस्टर प्रविधि एवं नक्स सेक्योरिटी रहेको छ। अन स्क्रिन फिंगरप्रिन्ट स्क्यानर छ भने यो फोन ४ जीबी र १२८ जीबी मेमोरी रहेको छ। ग्यालेक्सी ए ३० एस को ४ जीबि र १२८ जीबीयुक्त सेटको मूल्य ३१८९० रुपियाँ रहेको र यो प्रिजम क्रस ब्ल्याक, प्रिजम क्रस ह्वाइट तथा प्रिजम क्रस भायलेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।