काठमाडौं । विभिन्न रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनको मतदान शुरु भएको छ । देशका विभिन्न क्षेत्रमा कुल ५२ पदका लागि मतदाताहरूले मतदान गर्दै छन् ।

मतदानका लागि विहानै मतदाताहरू मतदान केन्द्रमा लाइन लगि सकेका छन् । बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम रहेको छ । देशका सबै मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो ।

उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् ।

गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत हुनुहुन्थ्यो । प्रदेश सभाका सदस्यत्रय प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेश वाग्लुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएपछि उपनिर्वाचन हुँदैछ । विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान हुँदैछ ।

उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् । जसमध्ये प्रतिनिधि सभातर्पm ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्पm ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्पm १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको छ । आठसय वा सोभन्दा बढी मतदाता भएका केन्द्र ३३७ छन् भने आठसयभन्दा कम मतदाता रहेका केन्द्र दुई सय छन् ।