अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आयोजनामा सचेतनामुलक एकदिने कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाले किशोर किशोरीका लागि लागुऔषध एवम् दुव्र्यसन तथा सामाजिक पुनःस्थापनका लागि सचेतनामुलक एकदिने कार्यक्रम गरेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तरगत नगरपालिकाले सोमबार कार्यक्रम गरेको हो ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले यस्ता कार्यक्रमले किशोर किशोरीलाई कुलतबाट जोगाउन र सचेत बन्न सघाउ पुर्याउने बताए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका रानाले यहाँबाट सिकेको ज्ञान अन्य साथीभाइलाई बांड्न आग्रह गरे ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनाली र लागुऔषध विषयविज्ञ सोमराज ढकालले नगर क्षेत्रभित्रका विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा लक्ष्मी मावि, भानु मावि, शनिश्चरे माविलगायतका स्कुलका विद्यार्थीहरु सहभागी थिए ।