तेह्रथुम । दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपमा आज (मंगलबार)देखि सेमिफाइनलका खेल हुनेछन् ।

स्थानीय म्याङलुङ खेलमैदानमा आज दिउँसो २ बजे आयोजक बिटिएफसी तेह्रथुमसँग चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच पहिलो सेमिफाइनल खेल हुनेछ । विजेता टिम फाइनलमा प्रवेश गर्नेछ ।

यस्तै, जलथल एफसी झापा र द योङ ब्रदर्स इटहरी सुनसरीले भोलि अन्तिम सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगिताको म्यान अफ दी म्याच खेलाडीले दैनिक पुरस्कारस्वरुप नगद १० हजार पाउनेछ ।

भगिमान तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख पाउनेछ ।