अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आयोजनामा मंगलबार अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ ।

गएको मंसिर ९ गतेदेखि शुरु भएको १६ दिने अभियान समुदाय प्रहरी साझेदारीसँगको प्रभात फेरी कार्यक्रम गरी समापन गरिएको हो । अर्जुनधारा नगर मानव अधिकार समुहले सञ्चालन गरेको अभियानमा लैंगिक हिंसाविरुद्ध गरिएको हस्ताक्षर नगर प्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडा आचार्यलाई हस्तान्तरण गरी अभियान सम्पन्न गरेको अर्जुनधारा नगर मानव अधिकार समुहकी सदस्य सुशिला गिरीले बताइन् ।

हस्ताक्षर गरिएको व्यानर अर्जुनधारा नगर मानव अधिकार समुहका अध्यक्ष चन्द्र सुवेदीले नगर प्रमुख राना र उपप्रमुख खतिवडालाई हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्रमुख कमला खतिवडाले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य हरिमाया दाहालले गरेकी थिइन् ।