तेह्रथुम । दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको फाइनल प्रवेशका लागि आज (बुधबार) जलथल एफसी झापाले द योङ ब्रदर्स इटहरीसँग प्रतिस्पर्धा गर्दैछ ।

स्थानीय म्याङलुङ खेलमैदानमा दिउँसो २ बजे हुने भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ । स्ट्राइकर कर्ण लिम्बूको कप्तानीमा झापा मैदान उत्रनेछ । आजको खेलको विजेताले भोलि आयोजक बिटिएफसीसँग फाइनल भिड्नेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलबाट आयोजक बिटिएफसी फाइनल प्रवेश गरिसकेको छ । उसले कम्तिमा एक लाख ५० हजार सुरक्षित गरेको छ ।

खेलको म्यान अफ दी म्याच खेलाडीले पुरस्कारस्वरुप नगद १० हजार पाउँछन् ।

भगिमान तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ३ लाख पाउनेछ ।