धनकुटा । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटाको पारिपात्लेमा ‘प्रथम सुन्तला फल टिप्ने मेला’ आयोजना गरिएको छ ।

नेपाल भ्रमण वर्षलाई लक्षित गरी सुन्तला खेती प्रवर्द्धन गर्ने उद्देश्यले बुधबारदेखि आयोजना गरिएको मेला बिहीबार उत्साहजनकरुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

मेलामा अनुसन्धान केन्द्रले निर्धारण गरेको शुल्क तिरेर सुन्तला आफैं टिपेर खाने र केन्द्रले नै तयार गरेको झोलामा आवश्यक दस्तुर तिरेर आफैंले टिपेर लान सकिने व्यवस्था गरिएको थियो ।

कृषि पर्यटनलाई प्रवर्द्धन गर्ने र अनुसन्धान केन्द्रले विकास गरेका विभिन्न प्रविधि र जातहरुबारे जानकारी गराउने उद्देश्यले यस्तो मेलाको आयोजना गरिएको केन्द्रका वैज्ञानिक रोशन पक्काले उल्लेख गरे ।