यासोक । यहाँ जारी तेस्रो कुम्मायक गोल्डकपको फाइनलमा आज मिक्लाजुङ गाउँपालिकाले कुम्मायक गाउँपालिकासँग भिड्दैछ ।

स्थानीय पृथ्वी माविको खेलमैदानमा दिउँसो २ः३० बजे दुई टोली उपाधि भिडन्तमा हुनेछन् । कुम्मायक स्पोर्टिङ क्लब यासोकले आयोजना गरेको गोल्डकपमा पाँचथरका ८ वटा स्थानीय तहले सहभागिता जनाएका थिए ।

हिजो भएको अन्तिम सेमिफाइनल खेलमा फिदिम नगरपालिकालाई सडन डेथमा ८–७ गोलले पराजित गर्दै मिक्लाजुङले फाइनल यात्रा तय गरेको हो ।

पहिलो सेमिफाइनलमा कुम्मायाक गाउँपालिकाले फालेलुङ गाउँपालिकालाई ६–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको टोली हो ।

गोल्डकपको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित २ किलो चाँदीको ट्रफी पाउनेछ । उपविजेताले भने नगद ५५ हजार ५५५ सहित मेडल पाउनेछ । गोल्डकपको प्रवद्र्धक कुम्मायक गाउँपालिका रहेको छ ।