विराटनगर । समृद्धिका लागि एकिकृत जैविकस्रोत भन्ने उदेश्यका साथ विराटनगरमा आज देखि राष्ट्रिय वैज्ञानिक सम्मेलन शुरु भएको छ ।

दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका तिन सयभन्दा बढी जीव वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता छ । सम्मेलनमा जैविक विविधतको महत्व चुनौती तथा जैविक विविधितालाई मानव विकासका कसरी लैजाने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईले समग्र प्रदेशको विकास र समृृद्धिका लागि वैज्ञानिकहरुको खोज तथा अनुुसन्धान उपयोगी हुने भन्दै सम्मेलनबाट आएका उपलब्धीलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले विज्ञान प्रविधीको विकासलाई उच्च प्राथमिक्तामा राखेको उल्लेख गदै प्रदेश न १ का प्रदेश सरकारले पाँचवटा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको र विभिन्न सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको बताउनुभयो ।

उधोग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिश कुसैयतले वनस्पतिको स्रोत साधनमा नेपाल धनी देश भएकाले यसको सहिरुपमा व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले जैविक विविधताको महत्वमाथि प्रकाश पार्नुु भएको थियो ।

सम्मेलनमा जैविक विविधताको महत्व तथा चुुनौती सम्बन्धमा दुई सय १५ वटा कार्यपत्र प्रस्तुुत हुनेछ । बन तथा वातवारण मन्त्रालय , प्रदेश न १ उधोग , वन, पर्यटन तथा वातावरण मन्त्रालय, नेपाल वनस्पति समाज तथा नेपाल जैविक समाज बिराटनगरको आयोजनमा सम्मेलन आयोजनामा भएको सम्मेलनले विराटनगर घोषणापत्र जारी गर्ने जनाइएको छ ।