ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङका ३ जना कैदीलाई प्रजातन्त्र दिवसको अवसरमा सजाय मुक्त गरिएको छ।

चोरीको अभियोगमा कैदमा रहेका पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका ३८ वर्षीय प्रकाश थेवे, सवारी ज्यान मुद्दाका सिरिजङ्घा गाउँपालिका-१ सिनामका ३६ वर्षीय आदित्य लिम्बू र वैदेशिक रोजगार ठगी अभियोगमा रहेका मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय दयाराम लिम्बू जेलमुक्त भएका हुन्।

उनीहरुले क्रमश ः २०७३ साल जेठ १६, २०७५ साल कात्तिक २९ गते र २०७५ साल कात्तिक ९ गतेबाट सजाय भोग्दै आएका थिए। असल आचरण र कूल सजायको ५० प्रतिशत कैद भुक्तान गरेका उनीहरुलाई बाँकी साजय मिनाह गरी कैद मुक्त गरिएको जिल्ला कारागार शाखा प्रमुख कुलेन्द्र खवासले जानकारी दिए।