झापा । नेपाल भ्रमण वर्ष २०२० मुलुकभर चलिरहँदा झापाका लागि नयाँ गन्तव्यको रुपमा अर्जुनधाराको हलुवागढ कालिखोला सिमसार क्षेत्र पनि एक हो ।

अर्जुनधारा नगरपालिका १ मा पर्ने उक्त सिमसार क्षेत्र हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको हो । बृहत गुरुयोजना बनाएर अघि बढेको हलुवागढमा जंगली जीवजन्तुसँगै प्राकृतिकप्रेमीका लागि उपयुक्त गन्तव्य बन्न सक्छ ।

बिर्तामाेडबाट ५ किलाेमिटरमा झापाकाे पुरानाे बजार शनिश्चरे बजारदेखि उत्तरमा जान सकिन्छ । शनिश्चरे बजारबाट करिब ९ किमी उत्तरतर्फ सवारी यात्रामा हलुवागढ कालिखोला सिमसार पुग्न सकिन्छ । मदनपुरबाट उत्तरतर्फ ४ किमीमा हलुवागढ कालिखोला सिमसार रहेकाे छ ।

हेरौँ, तस्वीरमा हलुवागढ कालिखोला सिमसार …