काठमाडौं । विश्वब्यापी फैलिएको कोरोना भाइरसको मार नेपालका प्रिन्ट मिडियालाई समेत परको छ ।

यसको प्रभावस्वरुप नेपालको सबैभन्दा ठूलो मिडिया हाउसले आफ्नो दैनिक प्रकाशन कान्तिपुरलगायत सबै प्रिन्ट प्रकाशन शुक्रबारदेखि छाप्न रोकेको छ ।

२०४९ सालमा स्थापना भएयता कान्तिपुर निरन्तर प्रकाशन हुँदै आएको थिए । कान्तिपुरका अध्यक्ष एवं प्रवन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकीयमार्फत आज यस्तो निर्णय सार्वजनिक गर्नुभएको हो ।

आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं । जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् । विशेष प्रकाशकीयमा भनिएको छ ।

अन्य मिडिया हाउसले पनि यसबारे उपर्युक्त निर्णय गर्ने बुझिएको छ । कान्तिपुृर इतिहासमै पहिलोपल्ट अस्ति बुधबारदेखि ८ पृष्ठमा झरेको थियो ।