झापा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्नेलाई झापा प्रहरीले उभ्याउने कार्यलाई निरन्तरता दिएको छ ।

झापाको शनिश्चरेमा शनिबार साँझ लकडाउन उल्लंघन गर्नेलाई फेरि उभ्याएर कारबाही गरेको छ । बिहानमात्र ३० जनालाई कारबाही गरी छाडेको थियो । साँझपख ३५ जनालाई फेरि उभ्याएको थियो । लकडाउन उल्लंघन गर्नेहरुले औषधि लिन आएको, सब्जी किन्न आएको बताउने गरेका छन् ।

झापा प्रहरीले ‘टु आवरस् लकडाउन सेल’ नाम दिएर सामाजिक दूरीमा राखेर कारवाही थालेको हो । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई झापाका विभिन्न स्थानमा कारबाही गर्नका लागि स्थान पनि विस्तार गर्दै आएको छ ।