खेलकुद

खेल पत्रकार सुमनको सम्झना

By admin

May 01, 2020

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा मञ्चको हेटौंडा समन्वय शाखाका संस्थापक अध्यक्ष खेल पत्रकार सुमन भोम्जनको निधन भएको आज पाँच वर्ष पुगेको छ।

२०७२ सालको महाभूकम्पमा परी एक होनहार युवा पत्रकारलाई खेलकुद क्षेत्रले सदाको लागि गुमाएको थियो। नेपाल खेलकुद पत्रकार मञ्चले विगतमा भोम्जनको वार्षिक पुण्यतिथिमा स्मृति सभाको आयोजना गर्दै आएको थियो।

तर, यो वर्ष विश्बब्यापी कोरोना भाइरसको संक्रमणको कारण लकडाउन जारी भएकोले केन्द्रमा कार्यक्रम गरेन। त्यसको साटो यो वर्ष मञ्चको समन्वय शाखा, हेटौडासंगको सहकार्यमा भोम्जनको जन्मस्थान हेटौंडामा रहेको बृद्धाश्रममा भोजना गराउने निर्णय गरेको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।

सोही अनूरुप आज हेटौडाको चौकीटोल २ स्थित ओम बृद्धासनमा बृद्धबृद्धाहरुलाई भोजन कार्यक्रम सम्पन्न गरियो।हेटौंडा शाखाका अध्यक्ष राजन दाहाल, मृतक भोम्जनकी आमा विमला भोम्जन, दाजु मदन भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरद्धय रञ्जन विष्ट र अञ्जन विष्ट सहितको टोली आश्रममा पुगी आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई १० हजार रुपैंया हस्तान्तरण गरेका थिए। बृद्धाश्रमका ४० जना बृद्धाबृद्धिहरु छन्।

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देबेन्द्र ) ले एक होनहार युवा खेलकुद पत्रकारको भोम्जनको अभाव मञ्चमा संधै खेलकुद क्षेत्रमा रहने बताए।

गोरखापत्रका संस्थानमा कार्यरत भोम्जन भूकम्प गएको दिन काठमाडौंको असन छेउको डेराको भुईतल्लामा पुरिन पुगेका थिए। भूकम्पको ८ दिनपछि मात्र उनी भेटिएका थिए। उनको शव बैशाख १९ गते भेटिएकोले मञ्चले १९ गतेको दिन वार्षिक पुण्यतिथि मनाउने गरेको हो।