पाँचथर । पाँचथरमा हावाहुरीसँगै आएको असिना पानीका कारण बालीनालीमा क्षति पुर्‍याएको छ ।

गएराति आएको हावाहुरी र असिना पानीका कारण मकै, गहुँ, तोरी, तरकारी खेती तथा फल लाग्दै गरेको किवी, अलैँची, चियाको मुनामा क्षति पुर्‍याएको छ ।

फिदिम नगरपालिकाको नाँगिन, लुङरुपा, फालेलुङ गाउँपालिकाको आकाशे, सुर्केनाँगी, लुवाफु लगायतका स्थानमा हावाहुरी र बाक्लो असिना परेको थियो ।

अन्नवालीमा पुगेको क्षतिबारे विवरण संकलन भैरहेको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।