रोहित काफ्ले,
झापा । झापाको गौरीगन्जमा विषादीयुक्त गहुँ बेच्न खोज्ने एक व्यापारीलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ ।

वडा नंं २ मा सञ्चालित रविन खरिद बिक्री केन्द्रका सञ्चालक रविन पोद्दारलाई विषादीयुक्त गहुँको बीऊ धोइपखाली गलत उद्देश्यले खाद्यान्नको रुपमा बेच्न खोजेको आरोपमा जिल्ला बजार अनुगमन तथा आपूर्ति व्यवस्थापन समितिले एक लाख जरिवाना गरेको हो ।

लकडाउनका बेला मौका छोपी कालोबजारी र उपभोक्ताको अहित गर्ने उद्योगी तथा व्यापारीमाथि झापामा पहिलोपटक यति धेरै रकम जरिवाना गरिएको हो ।

समितिबाट खटिएको अनुगमन टोलीले आज सो केन्द्रको गोदाममा छापा मार्दा धोइपखाली गरेर बेच्नका लागि तयारी गरिएको विषादीयुक्त ७ बोरा (२८० केजी) गहुँको बीऊ वरामद गरेको थियो ।

टोलीले बरामद गहुलाई जनप्रतिनिधि र प्रशासनको रोहवरमा आगो लगाई नष्ट गरेको छ ।

उपभोक्ता संरक्षण ऐन २०३७ को दफा ३८ को ९झ० बमोजिम कसुर गरेको पाइएको हुँदा रविन खरिद बिक्री केन्द्रलाई घटनास्थलमै एक लाख रुपैयाँ जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले बताउनुभयो ।