काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमान जारी गर्दै हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पूर्वी भागमा आंशिक बदली र अन्य भागमा मौसम समान्यतया सफा रहेको छ ।

यसैगरी, पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो पूर्वी भागमा सामान्य बदली, मध्य र पश्चिमी पहाडी भागमा आंशिक बदली र बाँकी भागमा समान्यतया मौसम सफा हुनेछ ।

त्यस्तै, पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, पूर्वी भागका एक दुई स्थानमा भने मेघ गर्जन, चट्याङ, असिना, हावाहुरीसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ ।