काठमाडौं । नेपालमा पछिल्लो पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंअनुसार जेठ १५ गतेसम्म १ हजार ४२ जना संक्रमित भएकोमा त्यसयता मात्रै १ हजार ५७ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयकाअनुसार जेठ १६ मा १ हजार २१२, जेठ १७ मा १ हजार ४०१, जेठ १८ मा १ हजार ७७८, जेठ १९ मा १ हजार ८११ र जेठ २० मा २०९९ संक्रमित पुगेका छन् ।

कुल संक्रमित मध्येमा १ हजार ९४९ जना पुरुष र १ सय ५० जना महिला रहेका छन्। मंगलबार पर्वतमा पनि संक्रमण देखिएपछि नेपालमा ६१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।