झापा । सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ ।

उहाँका ८९ वर्षीय बुवा बमबहादुर गिरीको शनिबार अपराह्न ५ बजे निधन भएको हो । बिर्तामोड २ स्थित चारपाने चौकमा निजी निवासमा निधन भएको सामाजिक अभियन्ता गिरीले बताए ।

कुनै दीर्घ रोग नभएका बुवालाई निमोनिया भएको बताइएको छ । उहाँको पार्थीव शरीरलाई आज नै कोटीहोमस्थित कनकाई माइ खाेलामा अन्त्येष्टि गरिने भएको छ ।