झापा । बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। जसमा २०९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

जसअनुसार प्रदेश १ मा ७ जनामा कोरोना पुष्टि भएको छ । झापा अर्जुनधाराका २ जना, सुनसरी इनरुवाका २ जना, मोरङका ३ जना रहेका छन् । मोरङकी एक जना महिला हुन् भने बाँकी सबै पुरूष हुन् ।

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए ।