अन्तराष्ट्रिय

अमिताभ र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि

By admin

July 12, 2020

झापा (एजेन्सी) । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएपछि ७७ वर्षीय अमिताभलाई राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ। अभिषेक पनि त्यहीँ भर्ना भएका छन्।

‘मलाई कोभिड १९ पोजेटिभ देखिएको छ। र मलाई अस्पतालमा भर्ना गरिएको छ। अस्पतालले यसबारेमा जानकारी सार्वजनिक गरिसकेको छ।’

उनले यो पनि भनेका छन् कि ‘बितेको दश दिनमा मेरो सम्पर्कमा आएका सबैजनाले कोरोनाको परीक्षण गराउनुहोला।’

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेका अनुसार अमिताभ बच्चन तथा अभिषेक बच्चनको एन्टिजेन परीक्षण गरिएको थियो र त्यसको नतिजा पोजेटिभ आएको छ। उनका अरु परिवारका सदस्य जया बच्चन तथा ऐश्वर्या बच्चनको पनि परीक्षण गरिएको छ र उनीहरुको रिजल्ट आउन बाँकी छ।

त्यस्तै अभिषेक बच्चनले पनि ट्वीट गर्दै भनेका छन्, ‘आज म अनि मेरो पिता दुबैको कोरोना परीक्षण पोजेटिभ आएको छ। हामी दुवैमा कोरोनाका एकदमै सामान्य लक्षण थिए। हामी अस्पतालमा भर्ना भएका छौं। हामीले प्रशासनलाई यसबारेमा जानकारी दिएका छौं। परिवारका बाँकी सदस्य र स्टाफहरुको पनि कोरोनाको परीक्षण भएको छ। तपाईंहरु सबैसँग मेरो अनुरोध छ कि कोही पनि नडराउनुहोला।’

बलिउडका धेरै कलाकारहरुले उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन्।