झापा । झापाको अर्जुनधारामा खोलाले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ४ स्थित टाङटिङ खोलाले बगाएर मृत्यु भएको हो ।

वडा नम्बर ४ स्थित भएर बहने टाङटिङ खोला तर्ने क्रममा स्थानीय विदुर पराजुलीको मृत्यु भएको हो । स्थानीय दहिझोडा घर भएका उनी पूर्वबाट घर जानका लागि खोला तर्ने क्रममा शनिबार मध्याह्न बगाएको हुनसक्ने शनिश्चरे प्रहरी चौकीले जनाएको छ ।

५६ वर्षीय मृतक पराजुलीको शव प्रहरीले मुचुल्का तयार गरी पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको छ ।