स्वास्थ्य

झापाका २ सहित प्रदेश १ मा १३८ संक्रमित थपिए

By admin

September 15, 2020

विराटनगर । प्रदेश १ मा आज १ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी मोरङमा १ सय ८ जना संक्रमित थपिए ।

यस्तै, सुनसरीमा २२ जना छन् । यस्तै, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् ।

मोरङको कटहरीमा ३ महिला र ११ पुरुष, बुढीगंगामा ६ महिला र ६ पुरुष, सुन्दरहरैचामा २ महिला र १ पुरुष, पथरीशनिश्चरे र जहदामा २-२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको दुहवीमा ३ महिला र ११ पुरुष, धरानमा ३ महिला र १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १-१ पुरुष छन् ।

यसैगरी, झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ९६७ पुगेको छ ।

प्रदेश १ मा आज ६४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, वि।जेनरल अस्पताल हरिनगरबाट २३ र होमआईसोलेसनबाट ३ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार १४२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म १ लाख १० हजार ७९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।