झापा । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १५ लाख नजिक पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुई लाख २४ हजार एक सय १४ नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या तीन करोड १४ लाख ६९ हजार चार सय ९७ पुगेको हो । कोरोनाका कारण नौ लाख ६८ हजार आठ सय ५८ जनाको मृत्यु भइसकेको छ । एकै दिन तीन हजार नौ सय ७३ जनाको ज्यान गयो ।
दुई करोड ३० लाख ९२ हजार आठ सय १७ जना उपचारपछि घर फर्किएका छन् । ७४ लाख सात हजार आठ सय २२ जना उपचाररत रहेकोमा ६१ हजार छ सय ८४ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा संक्रमित संख्या ७० लाख नाघेको छ । एकै दिन ३४ हजार चार सय ९८ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७० लाख ४४ हजार तीन सय ४२ पुगेको हो । अमेरिकामा ज्यान गुमाउने संक्रमित संख्या दुई लाख चार हजार चार सय ६० पुगेको छ ।
संक्रमितमध्ये ४२ लाख ९५ हजार सात सय ७६ जना उपचारपछि निको भएका छन् । २५ लाख ४४ हजार एक सय छ जना उपचाररत रहेकोमा १४ हजार पाँच जनाको अवस्था चिन्ताजनक छ ।
भारतमा एकै दिन ७४ हजार चार सय ९३ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५५ लाख ६० हजार एक सय पाँच पुगेको छ । ज्यान गुमाउने संक्रमित ८८ हजार नौ सय ६५ छन् । एकै दिन एक हजार ५६ जनाको मृत्यु भयो ।
४४ लाख ९४ हजार सात सय २० जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ७६ हजार चार सय २० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा संक्रमित ४५ लाख ६० हजार ८३ पुगेका छन् । एक लाख ३७ हजार तीन सय ५० जना संक्रमितले ज्यान गुमाइसकेको वाल्डो मिटरले जनाएको छ । एक दिनमा चार सय ५५ जनाको ज्यान गयो ।
३८ लाख ८७ हजार एक सय ९९ जना उपचारपछि कोरोना जित्दै घर फर्किएका छन् । पाँच लाख ३५ हजार पाँच सय ३४ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एजेन्सी