स्वास्थ्य

दमकका २ स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि

By admin

September 22, 2020

झापा । झापाको दमकमा आज मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एकै घरका ४ जना रहेका छन् ।

दमक नगरपालिका वडा नं ५ का एकै परिवारका ४ जनामा संक्रमण देखिएको हो । संक्रमित हुने त्यस परिवारमा ८ वर्षका बालक पनि रहेका छन् । त्यस्तै दमक वडा नं ४ , ७ र ८ का ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक कुवेर भट्टराईका अनुसार ६ महिलासहित ८ पुरुषमा संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा दमक अस्पतालका २ जना स्वास्थ्यकर्मी र अन्य सबै कन्ट्याक ट्रेसिङमा परेका स्थानीय बासिन्दाहरु रहेका छन् । गत शुक्रबार परीक्षण गरिएका १४० मध्ये १४ जनामा पोजेटिभ देखिएको भट्टराईले जानकारी दिए ।

यो संगै दमकमा संक्रमतिको संख्या १५७ पुगेको छ । संक्रमित मध्ये १ सय १२७ जना निको भइसकेका छन् ।