स्वास्थ्य

नोबलमा सुनसरीका दुई संक्रमितको मृत्यु

By admin

October 11, 2020

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमित व्यक्तिको शनिबार राति मृत्यु भएको छ ।

सुनसरीको दुहवी-३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

महिलालाई असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उनमा २१ गते कोरोना पोजेटिभ देखिएको थियो । महिलामा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै नोबेलमै उपचाररत सुनसरीको हरिनगरा-४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएकोमा सोही दिन गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतकमा फोक्सो सम्बन्धी पुरानै समस्या रहेको बताईएको छ ।