समाज

अर्जुनधाराको ४ र ११ नम्बर वडा कार्यालय बन्द

By admin

October 14, 2020

झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलने खतरा बढेको भन्दै आजदेखि अर्जुनधारा नगरपालिकाको दुइवटा वडा कार्यालय बन्द गरिएकाे छ । नगरकाे ४ र ११ नम्बर वडा कार्यालय बन्द गरिएको हाे ।

आज बसेको सर्वपक्षीय भेलाले वडाको स्थानीय बासिन्दामा पनि लक्षणसहितको संक्रमण पुष्टि भइसकेकाले थप संक्रमण फैलन नदिन वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष भैरव खड्काले जानकारी दिए ।

११ नम्बर वडाका स्थानीयमा संक्रमण पुष्टि भएको थियो ।अर्को सूचना नआउञ्जेलका लागि वडा कार्यालय बन्द रहने साथै राष्ट्रिय परिचय पत्रको सेवा समेतबन्द गरिएको वडाध्यक्ष खड्काद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

यस्तै, ४ नम्बर वडा कार्यालय पनि आजैदेखि बन्द गरिएको छ । ४ नम्बर वडाका एक स्थानीय बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज बसेको वडा समिति र राजनीतिक दलका प्रतिनिधिबीचको बैठकबाट एक साताका लागि कार्यालय बन्द गर्ने निर्णय भएको हो । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भनी कार्यालय बन्द गरिएको वडाध्यक्ष दुर्गाप्रसाद दाहालले सूचनामार्फत जानकारी गराएका छन् ।

यसअघि वडा नम्बर ९ कार्यालय पनि बन्द गरिएको छ । स्थानीय बासिन्दामा लक्षणसहितको संक्रमण पुष्टि भएपछि अर्को सूचना नआउञ्जेलका लागि कार्यालय बन्द गरिएको हो ।