झापा । झापा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोराना पुष्टि भएको छ । कनकाई प्रयोगशालामा उनको पीसीआर गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो ।
नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ ।
नगरप्रमुख आचार्यले हिजो (मंगलबार) स्वाव दिएका थिए । उनी स्वाव दिएर होेम आइसोलेसनमा थिए ।