झापा । पछिल्लो २४ घण्टामा झापामा ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएकामध्ये सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ९ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितहरु १३ महिला र २१ पुरुष रहेका छन् । कार्यालयका अनुसार बिर्तामोडमा ३ महिला र ९ पुरुष संक्रमित थपिएका छन् । उनीहरु १, २, ३, ५, ६ र ७ नम्बर वडाका स्थानीय बासिन्दा हुन् ।
बिर्तामोडपछि कनकाई नगरपालिकामा ७ जना संक्रमित थपिएका छन् । जसमा २ महिला र ५ पुरुष रहेका छन् । उनीहरु ३, ४ र ८ नम्बर वडाका बासिन्दा हुन् । यस्तै, भद्रपुर नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्बर ५ र ८ का उनीहरु २ महिला र ५ पुरुष छन् ।
यस्तै, गौरादहमा २ महिला र १ पुरुष, हल्दिबारीमा १ महिला र १ पुरुष, अर्जुनधारामा १ महिला, मेचीनगर र दमकमा १-१ पुरुषमा संक्रमण भएको छ । यस्तै, इलाम जिल्लाका ५ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु २ महिला र ३ पुरुष रहेका छन् ।