समाज

दमकका ३० सहित मंगलबार झापामा ६६ जना संक्रमित थपिए

By admin

November 03, 2020

झापा । पछिल्लो २४ घण्टाभित्र झापामा ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सबैभन्दा बढी दमक नगरपालिकामा ३० जना थपिए भने बिर्तामोडमा १२ जना संक्रमित थपिएका छन् ।

थपिएकामध्ये २८ जना महिला र ३८ जना पुरुष छन् । दमकमा १४ महिला र १६ पुरुष गरी ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरु सबै स्थानीय बासिन्दा हुन् भने एक जना स्वास्थ्यकर्मी भएको बताइएको छ ।

यस्तै बिर्तामोड नगरपालिकामा ४ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकामा २ महिला ५ पुरुष, गौरादहमा २ महिला र ३ पुरुष, गौरीगञ्जमा २ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, मेचीनगरमा २ महिला र १ पुरुष, कमल गाउँपालिकामा १ महिला र १ पुरुष, कनकाई र अर्जुनधारा नगरपालिकामा १ १ जना पुरुष र बुद्धशान्ति गाउँपालिकामा १ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हिजो दमक २, ७ र १० नम्बर वडाका ६२, ५७ र ६९ वर्षीय पुरुषको निधन भएको थियो । त्यस्तै, बिर्तामोड ५ का ७२ वर्षीय पुरुषको निधन भएको जनाइएको छ ।