समाज

आज ६ स्वास्थ्यकर्मीसहित झापामा ७२ जना संक्रमित थपिए

By admin

November 06, 2020

झापा । दमकका २३ जनासहित आज झापा जिल्लामा थप ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा ३३ महिला र ३९ पुरुष रहेका छन ।

आज थपिएका संक्रमितहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुमा दमकका ११ महिला र १२ पुरुषसहित २३ जना, बिर्तामोडका १४ महिला र ५ पुरुषसहित १९ जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये दमकमा २ जना र बिर्तामोडमा ३ जना स्वास्थ्यकर्मी रहेका छन् । यस्तै, मेचीनगरमा ३ जना संक्रमित हुँदा एक जना स्वास्थ्यकर्मी रहेका छन् । यहाँ १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

भद्रपुरका ३ महिला, ८ पुरुषसहित ११ जना, अर्जुनधाराका २ महिला ३ पुरुष, कन्काइका ३, गौरादहका १, हल्दिबारीका २, कमलमा १, शिवसताक्षीका ३ र अन्य (पलिकाका नखुलेको) गरि ७२ जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए।

हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ४३४ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ४२३ पुगेको छ । हाल झापामा ९५४ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ५७ पुगेको जनाइएको छ ।