स्वास्थ्य

प्रदेश १ मा आज ६०० डिस्चार्ज भए, २१९ संक्रमित थपिए

By admin

November 08, 2020

विराटनगर । प्रदेश १ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, तेह्रथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २-२, पाँचथर, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७ , रंगेलीमा ६, उर्लाबारी र कानेपोखरीमा ४-४, जहदा, बुढीगंगा र बेलबारीमा ३-३, ग्रामथानमा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ३३, इनरुवामा ४, रामधुनीमा ३, देवानगञ्ज, धरान र कोशी गाउँपालिकामा २-२, दुहवी र गढीमा १-१, झापाको गौरादह र कमल गाउँपालिकामा १२-१२, दमकमा ४, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा, मेचीनगर र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता तेह्रथुमको म्याङलुङमा ८, उदयपुरको चौदण्डीगढीमा ३, त्रियुगामा २ र बेलकामा १, इलामको इलाम नगरपालिका र फाकफोकथुममा १-१, संखुवासभाको पाँचखपन र खाँदबारीमा १-१, पाँचथरको मिक्लाजुङ, भोजपुरको षडानन्द, खोटाङको खोटेहाङमा १-१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ८८४ पुगेकोछ ।

प्रदेश १ मा आज ६०० जना डिस्चार्ज भएका छन् । होम आइशोलेसनबाट ५९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार १७३ पुगेको छ ।

प्रदेश १ मा आज ९७६ जनाको पीसीआर परीक्षण गरिएकोछ । परीक्षण गरिएका मध्ये ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७० हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।