इलाम । इलामको सदरमुकाम इलाम वजार नजिकैको चियावारीमा रहेको निशुल्क एक्ससाइज पार्कमा विस्तारै चहलपहल शुरु भएको छ । विद्यालय वन्द भएकाले ८ महिनादेखि बालबालिका घरमा नै बन्धक झैं भएर बसेका छन् ।

तर, यहिबेला हराभरा चियावारी बिचमा खोलिएको यो पार्कले बालवालिकालाई मन भुलाउने माध्यम बनेको छ । इलाम बजार आसपास र घुमघामका लागि आएकाहरुका लागि यो पार्क अब्बल विकल्प वनेको स्थानीयहरुको भनाइ छ ।

इलाम नगरपालिका पर्यटन समितिले पार्क संचालन गरपछि यहि पार्कमा दशै-तिहारको अवसर लिङ्गे पिङमा हुइँकिएर चिया वगान दृष्यमा रम्ने अवसर मिलाइएपछि आसपासका होमस्टे र स-साना व्यवसायीलाई पनि राहत मिलेको पर्यटनकर्मीको भनाई छ ।

त्यस क्षेत्रमा नै किराँतहरुको मौलिकता झल्कने प्रतिमासहित किराँत राईहरुको धार्मिक स्थल पनि रहेकाले त्यहाँ पुग्नेहरुकालागि समय विताउने थप सहज भएको छ ।

लामो समयदेखि घरमा नै रहेका बालबालिकालाई मन भुलाउन र ठप्प रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउन गरिएको यो प्रयास स्वागतयोग्य भए पनि कोरोना माहामारी बढ्दै गएकाले सुरक्षा सर्तकता अपनाउन भने भुल्नु हुँदैन । इमेज खबरबाट