सूचना प्रविधि

आजको मौसमः केही स्थानमा वर्षा र हिमपात

By admin

February 19, 2021

झापा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।