शिक्षा

सरकारी निर्णय नमान्ने बिर्तामोडका विद्यालय सञ्चालकविरूद्ध उजुरी

By admin

March 31, 2021

झापा । राज्यको निर्णय नमान्ने तथा बालबालिकाको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै बिर्तामोडका विद्यालय सञ्चालकबिरूद्ध उजुरी परेको छ ।

संघीय सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भन्दै चैत १७ गतेदेखि २० गतेसम्मका लागि पठनपाठन बन्द गर्ने गरेको निर्णय अवज्ञा गर्ने बिर्तामोडका विद्यालय सञ्चालकबिरूद्ध उजुरी परेको हो ।

बिर्तामोड शिक्षा समिति, प्याब्सन, एनप्याब्सन र विद्यालय सञ्चालक एवम् व्यवस्थापन समितिले संघीय सरकारको निर्णय नमानेको, बालबालिकाको स्वास्थ्यमा जोखिम बढाएको भन्दै कानुनी कारवाही चलाउन माग गर्दै अभिभावकका तर्फबाट खेमराज ओली तथा शिक्षक कर्मचारीका पक्षबाट इच्छाराम निरौलाले शिक्षा विकास समन्वय इकाई झापामा उजुरी दिएका हुन् ।

उजुरी बुझ्दै शिक्षा समन्वय अधिकारी राजकुमार विकले संघीय सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय सरकार जिम्मेवार हुनु पर्ने भन्दै नीति, नियम र निर्देशन पालनामा बिर्तामोड नगरपालिकाको कमजोरी सच्चिने विश्वास व्यक्त गरेका छन् ।