कला

कविताः प्रकृति तिमी किन रिसायौ !

By admin

October 22, 2021

हे ! प्रकृति तिमी किन रिसायौ खुसुक्कै बेमौसमी बनेर आयौ। चारैतिर जलमग्न बनायौ बर्ष दिनमा आउने चाडपर्व बिगार्यौ। कतै डुबायौ, कतै बगायौ रमाउने बेला आँसु आँसु बनायौ।

आउन पनि रिसाएरै आयौ बाहिर मात्रै होइन घरभित्र भित्रै आयौ। बाटो बिगार्यौ, पुल भत्कायौ मानिसहरु यत्रतत्र अलपत्र बनायौ। परिवारसङ्ग छुटाएर एक्लो बनायौ कतै सहारा चुँडाएर बेसहरा बनायौ। देशैभरि एक तमासले झर्यौ

न गाउँ भन्यौ न शहर गन्यौ, तराई न त पहाड देख्यौ। न ठाउँ हेर्यौ न त परिवेश केवल बर्षिरहयौ पहिरो ल्यायौ, घर भत्कायौ, बस्तु बगायौ। फलेको अन्नबाली निमिट्यान्न पारी अनिकाल निम्त्यायौ भोकालाई झनै बर्षभरि नै भोको बनायौ।

जानुका ढुङ्गाना अर्जुनधारा ७, झापा