झापा । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। बिहीबार पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै शुक्रबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।