सूचना प्रविधि

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन आह्वान

By admin

November 26, 2021

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ ।

 

तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो । ‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाले बुलेटिनमा भनेको छ ।

 

महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ । अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्छ ।

 

जिरीको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम १६.६ पुग्ने आँकलन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम डिग्री सेल्सियस ३.६ र अधिकतम १६.७ रहने आँकलन गरिएको छ ।

 

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।