सूचना प्रविधि

मौसमः पूर्वी भागमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव

By admin

November 28, 2021

काठमाडौँ । नेपालको पूर्वी भूभागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 

देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरूका एक, दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

सोमबार पनि प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

यस्तै मंगलबार देशका अधिकांश भूभागहरूमा आंशिक बदली रहने छ। गण्डकी प्रदेशको एक, दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।