सूचना प्रविधि

देशका धेरै ठाउँको मौसम बदली, केही ठाउँमा वर्षा र हिमपात

By admin

December 03, 2021

काठमाण्डौ । अहिले देशको धेरैजसो ठाउँको मौसम बदली भएर वाग्मती, गण्डकी र सुदुरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार सुदुरपश्चिमा भने पश्चिमी वायुको प्रभाव अब बिस्तारै कम हुँदै जाने भएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने उहाँले बताउनुभयो । पश्चिमी वायुको प्रभाव बिस्तारै पूर्वतर्फ पर्न थालेको छ ।

 

आज शुक्रवार रातिदेखि भोलि शनिवारसम्म नै प्रदेश १ बदली भएर पानी पर्ने सम्भावना छ । अरू प्रदेशमा भने आज रातिदेखि बिस्तारै मौसम सुधार हुँदै जाने सम्भावना छ ।

 

अहिले देशको उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ । अझै केही दिन उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।