कला

झापाको काकरभिट्टाबाट ‘सप्तरंग ३’ यात्रा सुरु हुने

By admin

December 07, 2021

झापा । सातै प्रदेशमा ‘सप्तरंग ३’को आयोजना हुने भएको छ । आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग ३’को आयोजना गर्न लागेको हो ।

 

‘सप्तरंग ३’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत् प्रष्टाउनु नै ‘सप्तरंग’को मूल उद्देश्य हो’, आयोजक समिति का प्रदेश १ का म्यानेजर भरत यादवले भने ।

 

पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग ३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुने बताइएको छ।

 

‘सप्तरंग ३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरू सहभागी हुनेछन् ।