सूचना प्रविधि

मौसम पूर्वानुमानः वर्षासँगै हिमपातको सम्भावना

By admin

December 25, 2021

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएको छ ।

 

महाशाखाका अनुसार तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

यसैगरी, महाशाखाले आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक, दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

यस्तै, देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।