सूचना प्रविधि

आज मौसम बद्लीसँगै भोलि र पर्सि पानी पर्ने सम्भावना

By admin

December 27, 2021

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । यो प्रणालीका कारण देशका धेरै ठाउँमा भोलि र पर्सि पानी पार्ने मौसमविद्ले बताएका छन् ।

 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हिजैदेखि नेपालमा परेको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ । आज तराईका जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाले विशेष बुलेटिन निकालेर तराईका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बद्ली रही हल्का वर्षा हुने जनाएको हो । हिजोदेखि सुरु भएको यो प्रणाली भोलि र पर्सि देशभर फैलने र देशभरका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

 

यो प्रणालीको प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपात हुने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार बिहीवारदेखि भने यो प्रणाली क्रमिक रुपमा कमजोर हुँदै जाने छ।

 

यस्तै, मौसमविद्ले चिसोका कारण पर्वतारोहण, हवाईरयातायात र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।