अन्तराष्ट्रिय

अफ्रिकन कप अफ नेसन्स: रङ्गशालामा भागदौड हुँदा ६ जनाको ज्यान गयो

By admin

January 25, 2022

एजेन्सी । अफ्रिका कप अफ नेसन्स अन्तर्गत क्यामरून रङ्गशालामा भाडदौड हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

 

प्रि-क्वाटर फाइनलको खेल हेर्न रङ्गशाला बाहिर भेला भएको भिड अनियन्त्रित हुँदा ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा केही घाइते भएका छन् । क्यामरून र कोमोरसबीचको अन्तिम १६ को खेल हेर्न मैदान प्रवेशका क्रममा घटना भएको हो ।

 

क्यामरूनको मध्य क्षेत्रीय गभर्नर पउल वियाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताउनुभएको छ । रङ्गशालाको क्षमता ६० हजार भए पनि कोरोना सङ्क्रमण जोखिमका कारण ८० प्रतिशत समर्थकलाई मात्र मैदान प्रवेशको अनुमति दिएको थियो । घटनाकै बीच गएराति भएको खेलमा क्यामरुनले कोमोरोसलाई हराएको छ ।

 

१० खेलाडीमा सीमित कोमोरोसलाई क्यामरुनले २-१ गोलले हराउँदै क्वाटर फाइनलमा पुगेको छ ।