कला

बिर्तामोडकी कृपा बनिन् सारेगामाप लिटल च्याम्प्स नेपाल

By admin

February 06, 2022

बिर्तामोड । सारेगामाप लिटल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता बिर्तामोडकी कृपा पौडेल भएकी छन्।

 

आइतबार बिहान २ बजे घोषणा भएको प्रतियोगितामा उनी दर्शक र श्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्।

 

प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए। अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभमा पर्न सफल भए ।