सूचना प्रविधि

मौसमः वर्षा हुने अर्को प्रणाली नआए गर्मी बढ्ने

By admin

February 10, 2022

काठमाण्डौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालबाट हटेको छ । यो प्रणालीका कारण हिजो पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको थियोे ।

 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हटेकाले अब केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

 

हिजो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा भएको थियो । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । अब वर्षा र हिमपात हुने अर्को प्रणाली नआए गर्मी बढ्दै जाने मौसमविद्ले बताएका छन् ।

 

अहिले पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तराईका जिल्लाका केही ठाउँमा हुस्सु, कुहिरो छ । तर, बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।