काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भुभागमा आंशिक बदली रहेको छ भने तराइका केही स्थानमा हुस्सु, कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, आज दिउँसो भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागका केही स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागको मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश नं १ को पहाडी भुभागका केही स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।