कला

पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी

By admin

February 23, 2022

तनहुँ । कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ । एक गायिकाले आफूलाई जबर्जस्ती करणी गरेको भनेर शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन् ।

 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक किशोरीले शाहविरुद्ध बुधबार जबर्जस्ती करणीको उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका एक अधिकारीका अनुसार उजुरी परेपछि शाहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढिसकेको छ ।

 

उजुरीमा आफू नाबालिग रहेको बेला शाहले जबर्जस्ती करणी गरेको उल्लेख गरिएको ती अधिकारीले बताए । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ ।

 

उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ । इकान्तिपुरबाट