कला

विल्सन र प्रियाको अभिनयमा ‘सुपारी सुटुक्कै’

By admin

March 10, 2022

झापा । नयाँ गीत सुपारी सुटुक्कै सार्वजनिक गरिएको छ । पूर्वेली लोक भाकामा तयार गीतमा संगम शेर्मा र बाल गायिका पेमा डेचेन तामाङको स्वर सुन्न सकिन्छ । डिआर अटुको शब्द संगीत रहेको गीतमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । दिनेश माङ्गुमको निर्देशनमा गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ ।

 

जहाँ, हास्य कलाकार विल्सन विक्रम राई, बाल गायिका स्वयं, पुष्पाञ्जली तिलिङ मादेन, रुद्र पाहिम, चन्द्र घले तामाङ, र प्रिया लिम्बुको अभिनय रहेको छ ।

 

भिडियोमा बुद्ध थापाको छायाङ्कन तथा अनिल रानाको सम्पादन रहेको छ । लिम्डुमी क्रिएसन र कोरिया स्टुडियोमा तयार गरिएको गीतलाई कोरियामा बसेर नेपाली संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आएकी नितु लावती लिम्बुले तयार गरेकी हुन् ।